दफा १०
न्यूनतम चुक्ता पूँजी र आर्थिक स्रोत कायम गरेको हुनु पर्ने
(१) वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको न्यूनतम चुक्ता पूँजी पचास करोड रुपैयाँमा नघट्ने गरी बोर्डले समय समयमा तोकिदिए बमोजिम हुनु पर्नेछ ।
(२) वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गर्ने संस्थाको न्यूनतम चुक्ता पूँजी तोकिए बमोजिम हुनेछ ।